काठमाडौं । काठमाडौंमा आज (शनिवार) थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा एक जना र पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण भएको हो ।
योसँगै काठमाडौंमा आज थप दुई जनामा कोरोना संक्रमण भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै चिकित्सकको निगरानीमा रहेको बताए ।
यसैबीच नेपालमा आज (शनिवार) थप १०९ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ५३ पुगेको छ ।
नेपालमा हिजो (शुक्रवार) १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया