माओवादीले विना मगरलाई मन्त्री बनाउने

काठमाडौं, १४ फागुन । नेकपा माओवादी केन्द्रले विना मगरलाई मन्त्री बनाउने तयारी थालेको छ । उनी पार्टी अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन् । प्रतिनिधिसभा सदस्यमा कञ्चनपुर ३ बाट उनी निर्वाचित भएकी थिइन् विनालाई मन्त्री बनाउन माओवादीको ७ नम्बर प्रदेश कमिटीले नै निर्णय गरेको थियो उनको प्रस्ताव प्रदेश इन्चार्ज लेखराज भट्टलेनै गरेका हुन् । चुनावको मुखैमा पति बियोगमा परेकी विनालाई मन्त्री बनाउन प्रदेशका सबै नेताहरु सहमत भएका छन् त्यस्तै रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने भएका छन् भने अरुको नाम छलफलमै छ । स्रोतका अनुसार विना मन्त्री बन्ने पक्का छ । केही नेताले राज्यमन्त्री मात्र बनाउने प्रस्ताव गरेका थिए तर, उनी मन्त्री नै बन्ने लगभग पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?