नेकपा स्थायी कमिटी बस्ला कि स्थगित होला ?

काठमाडौं । मिति तय हुँदै लगातार स्थगित हुँदै आएको नेकपा स्थायी समितिको बैठक आज पनि दिउँसो ३ बजेका लागि बोलाइएको छ । यद्यपि नेताहरुबीच सहमति जुट्न नसक्दा आज पनि बैठक बस्ने नबस्ने अन्योल कायमै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने विषयले विवादमा अल्झिएको नेकपामा यो विषयमा अझै कुनै सहमति जुटेको छैन । बरु नेताहरु गुटगत भेलामा व्यस्त छन् ।
सोमबार पनि प्रचण्ड निवास खुमलटारमा उनी निकटका नेताहरुको बैठक बसेको थियो भने सो बैठकले ओलीले दुई मध्य एक पद छाड्नैपर्ने निष्कर्ष निकालेको छ ।
यसअघि बसेको सचिवालय बैठकमा अर्लि महाधिवेशनको प्रस्ताव ओलीले ल्याएपछि नेकपाभित्र थप हलचल मच्चिएको छ ।
नेकपाका प्रचारविभाग उपप्रमुख सूर्य थापाले मंगलबार ३ बजेको लागि बैठक बोलाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?