काठमाडौं, १४ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पार्टीका तर्फबाट मन्त्री बन्नेको नामावली बुझाएका छन् प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डले ओलीलाई मन्त्री बन्नेको सूची बुझाएका हुन् । माओवादी केन्द्रभित्र तीन जना नेताले दाबी गरेको गृहमन्त्रालयको जिम्मेवारी रामबहादुर थापा बादलले पाउने भएका छन् गृहमन्त्रीका लागि वर्षमान पुन र जनार्दन शर्माको पनि दाबी थियो । माओवादी केन्द्रले नाम बुझाएपछि आजै दिउँसो सम्ममा मन्त्रिपरिषद विस्तार हुने अनुमान गरिएको छ पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै भएपनि माओवादी केन्द्र पार्टीका वरिष्ठ नेता रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो । उनी राष्ट्रिय सभाबाट सांसद बनेका हुन् माओवादी केन्द्रले बादल बाहेक अन्य कुन कुन नेतालाई मन्त्री बनाउन लागेको छ भन्ने कुरा भने गोप्य राखिएको छ । यद्यपि माओवादीमा बर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादवलगायत मन्त्रीका दाबेदार थिए पहिलो संविधान सभाको निर्वाचनपछि बनेको प्रचण्ड नेतृत्वको सरकारमा रक्षामन्त्री रहेका थापामाथि रुक्मांगद कटुवाल काण्डमा असफलता हात लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया