ओलीले मन्त्रिपरिषद विस्तार गर्दै, मन्त्रीको अझैं टुंगो लागेन

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले ११ दिन पछि मन्त्रिपरिषद विस्तारको तयारी गरेपनि मन्त्री बन्नेहरुको टुंगो लागिनसकेका कारण अन्योलता उत्पन्न भएको छ ओलीले एमाले र माओवादी केन्द्रका नेताहरुलाई समेटेर मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् मन्त्रिपरिषद विस्तारको अन्तिम गृहकार्यमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुटेका छन् ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय रहनेछन् । जसमध्ये एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय भागबन्डामा लिने सहमति भइसकेको छ यद्यपि मन्त्रीका आकांक्षीको लर्को नै लागेपछि मन्त्रीको टुंगो लाग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?