प्युठान दुर्घटना अपडेट : ज्यान गुमाउने सबैको पहिचान खुल्यो (नामावलीसहित)

प्युठान । गएराति प्युठानमा भएको ट्याक्टर दुर्घटनामा ज्यान गुमाउने ७ जनाको पहिचान खुलेको छ ।

ज्यान गुमाउनेमा रोल्पा रुम्टगढी गाउँपालिका– ५ का १९ वर्षकै वीरेन्द्र बाठामगर, २५ वर्षीय कविराम बस्नेत, १९ वर्षीय थमन बाठामगर, २४ वर्षीय रिमबहादुर बस्नेत, २१ वर्षीय सागर बस्नेत, गोवर्द्धन बुढामगर र त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुवँर ट्याक्टर चालक रहेका थिए ।

दुर्घटनामा परेको ट्याक्टरमा ८ जना सवार भएपनि रोल्पाकै विशाल थापा भने ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।

गएराति स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु२च ४२३४ नम्बरको ट्याक्टर नगरपालिका–३ रुमालेमा दुर्घटना भएको हो ।

वर्षाका कारण गएराति दुर्घटना भएपनि उद्धारका लागि प्रहरी बिहान मात्र घटनास्थल पुगेको थियो । ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

ज्यान गुमाउने सबै भिंगृ– स्वर्गद्वारी सडक निर्माणमा खटिएका मजदुरहरु रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?