काठमाडौं, १३ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार क्याबिनेट बिस्तारको तयारी गरेका छन् । यद्यपी माओवादी केन्द्र र एमालेले अहिलेसम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन दुबै पार्टीले सोमबार बिहानसम्मा मन्त्रीको टुंगो लगाउने र दिउँसो सपथग्रहण हुने बताइएको छमाओवादीले ओली सरकारमा ७ मन्त्री पठाउने यसअघि नै समझदारी भइसकेको छ । तर, आकांक्षी धेरै भएपनि नाम टुंगो लगाउन सकेको छैन । माओवादीबाट सरकारको नेतृत्व रामबहादुर थापाले गर्ने तय भएको छ । तर गृहमन्त्री को भन्ने भन्नेमा मुख्य विवाद देखिएको छ । थापाले आफूले गृहमन्त्री पाउनु पर्ने बताइरहँदा प्रचण्डको विस्वासपात्र मानिने वर्षमान पुन र जनार्दन शर्माले पनि दाबी गरिरहेका छन् यता एमालेमा पनि क–कसलाई मन्त्री बनाउने भन्नेमा टुंगो लागेको छैन । एमालेले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई नै पार्टीको भागमा परेको १० मन्त्रीको नाम टुंगो लगाउने जिम्मेवारी दिएको छ मन्त्रीमा एमालेबाट प्रदीप ज्ञवाली, विष्णु पौडेल, नारदमुनी राना, इश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल, प्रेम आलेलगायतको नाम चर्चामा छ । अन्तिम टुुंगो सोमबार नै टुंगो लगाइने छ यसैबीच र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ भेटवार्ता भएको छ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता मन्त्रिमण्डल बिस्तारका विषयमा केन्द्रीत भएको बताइएको छ । छलफलमा दुबै पार्टीले सोमबार बिहानसम्ममा सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाउने र अपरान्ह मन्त्रिमण्डल बिस्तार गर्ने समझदारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया