ठूलो परिमाणमा नक्कली नोटसहित ३ जना मानिस पक्राउ

काठमाडौं । प्रहरीले नक्कली नेपाली रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ।

लागू औषध कारोबारी रहेको भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई बाराको महागढीमाई नगरपालिका वडा नं२ स्थित बरियारपुर चोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराका नरेन्द्र प्रसाद कुशवाहा, मनोज कुमार साह तेली र भारतीय नागरिक सुधिर कुमार कुशवाहा रहेका छन् ।

उनीहरुको साथबाट नेपाली नोट १००० दरको १४६५ थान, १०० दरको ७४६ थान, नक्कली भारतीय नोट ५०० दरको २८४ थान र ५० दरको ७०६ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?