प्रदेशसभाको बैठकमा कार्यविधि मस्यौदा प्रस्तुत

हेटौँडा, १३ फागुन -प्रदेशसभा ३ को आज अपराह्न बसेको बैठकमा प्रदेशसभाको कार्यविधि २०७४ को मस्यौदा प्रस्तुत गरिएको थियो सो बैठक प्रारम्भ हुनासाथ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गर्दै संघीय सरकार र प्रदेशसभाको छुट्टाछट्टै कार्यविधिको साथै ऐन कानून तर्जुमा गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेश क्षेत्रका बहुसंख्यक जनताका लागि आर्थिक समृद्धि गर्न र दिगो शान्तिका लागि प्रदेशसभाका सदस्यले दलगत स्वार्थभन्दा माथि उठेर प्रदेश सरकारलाई सहयोग पु¥याउन आग्रह गरे उनले प्रदेश सरकारले आफ्नो कार्ययोजना थालनी गर्न केन्द्रीय सरकारबाट खटाइएका राष्ट्रसेवक कर्मचारी तत्काल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आउन आलटाल गरिएको कारणले सरकारले तत्कालै गर्नुपर्ने काममा बाधा पुग्न गएकामा चिन्ता व्यक्त गर्दै संसदीय प्रजातन्त्रको भविष्य उज्ज्वल पार्न प्रदेशसभाका सदस्य र दलका नेतृत्वले एजेण्डाका रुपमा अघि बढ्नु पर्ने जरुरी रहेको बताए सो बैठकमा प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको पूर्वाधार विकासका लागि विभिन्न मन्त्रालयबाट समन्वय गरी अघि बढ्नुपर्ने चर्चा गर्दै उनले जनताको शान्ति सुरक्षा आर्थिक समृद्धि गर्ने कार्यलगायत मानवअधिकारको प्रत्याभूति गर्नेतर्फ सरकारलाई प्रतिपक्ष दलले पनि निःस्वार्थरुपमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?