काठमाडौं – केहि दिन अघि आवश्यक तयारी र व्यवसायीलाई राहत नल्याई सार्वजनिक सवारी सञ्चालन गर्न नसकिने भन्दै सरकारको निर्णय नमान्ने बताएका यातायात व्यवसायीले तीन दिनभित्रै सार्वजनिक सवारी सञ्चालन गर्ने बताएका छन् । हिजो शुक्रबार सार्वजनिक गरिएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बोधन गरेको भन्दै यातायात व्यवसायीले सकारात्मक प्रतिक्रिया जनाएका हुन् ।
उनीहरुले राखेको बैंकको किस्ता सार्नुपर्ने, सहुलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग मौद्रिक नीतिमार्फत् सम्बोधन भएपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु सकारात्मक भएका हुन् ।
सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको थियो । तर कोरोना भाईरस कोभिड १९ बाट आफू जोगिएर यात्रुको सुरक्षित यात्रा गराउन अहिलेकै अवस्थामा नसकिने बताएका व्यवसायीले केही दिनमा नै सवारी सञ्चालन गर्ने तयारी गरेका छन् ।
सरकारले यात्रुबाट साविककोभन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था गरेको छ । सोहीअनुरुप साझा यातायात पनि सञ्चालन भईसकेको छ ।
यसअघि किन सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार नभएको भन्ने प्रश्नमा गरिएको कुराकानी :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया