संसदीय दलको निर्वाचनका लागि काँग्रेसद्वारा समिति गठन, विधान पारित

काठमाडौं, १३ फागुन । नेपाली काँग्रेसले आगामी संसदीय दलको निर्वाचन गराउनका लागि समिति गठन गरेको छ आइतबार बसेको केन्द्रीय समितिको बैठकले चिनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नविन्द्रराज जोशी सदस्य रहेको समिति गठन गरेको हो यस्तै वैठकले संसदीय दलको शनिबारको बैठकले पारित गरेको संसदीय दलको विधान (संशोधित तथा परिमार्जन सहित, २०७४) लाई समेत सर्वसम्मतिले अनुमोदन गरेको छ काँग्रेसले राष्ट्रिय सभा सदस्यका लागि मनोनयन गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस राष्ट्रपतिले अस्वीकृत गर्नु संविधानको धारा ६६ को उपधारा (२) को ठाडो उल्लंघन भएको ठहर गर्दै भत्र्सना गरेको छ बैठकमा सभापति शेरबहादुर देउवाले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको आगामी बैठकमा गम्भीर समिक्षा गरेर पार्टीलाई अघि बढाउने जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?