सेवाग्राहीसँग घुस लिँदालिँदै लेखा अधिकृत रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रदेश एक कार्यालय इटहरीको विशेष टोलीले इटहरी उपमहानगरका लेखा अधिकृत विकास पोख्रेललाइ ६५ हजार घुस रकमसहित बिहीबार दिउसो पक्राउ गरेको छ ।

अख्तियारको टोलीले विशेष सुराकिको आधारमा उनलाइू इटहरी ६ बिपि चौकस्थित समिप होटलबाट ६५ हजार सहित रंगेहात नियन्त्रणमा लिएको हो । पक्राउ पोख्रेल इटहरी ६ का वासिन्दा हुन । सेवाग्राहिबाट काम गरे वापत रकम वार्गेनिङ गर्ने गरेको सूचना पाएपछि अख्तियारको टोलीले उनिमाथी बिशेष निगरानी बढाएको थियो ।

बिहीबार सेवाग्राहिबाट ६५ हजार लिँदै गर्दा अख्तियारको फन्दामा परेका उपमहानगर अन्तरगत लेखा अधिकृत पोख्रेल बिरूद्ध थप अनुसन्धान भइरहेको अख्तियार दुरूपयोग अनुशन्धान आगोत प्रदेश एकको कार्यालय इटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?