नेपालमा कोरोना अपडेट : प्रदेश ५ मा मृतक धेरै, प्रदेश २ मा संक्रमित (हेर्नुहोस् प्रादेशिक विवरण)

काठमाडौं – देशका ७ प्रदेशमध्ये हालसम्म सबैभन्दा बढी प्रदेश नं ५ मा १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ प्रदेशमध्ये सबैभन्दा कम अर्थात् प्रदेश नं १ मा ‘शुन्य मृत्युदर’ छ ।

त्यहाँ हालसम्म एक जनाको पनि कोरोनाको कारण मृत्यु भएको छैन ।

प्रदेश ५ पछि दोस्रो धेरै मृतक हुने प्रदेश हो, बाग्मती प्रदेश । यस प्रदेशमा नेपालकै पहिलो कोरोना संक्रमितको मृत्यु भएको थियो । यस प्रदेशमा हालसम्म ९ जनाको मृत्यु भएको छ ।

यसपछि तेस्रो नम्बरमा छ, सुदूरपश्चिम प्रदेश । जहाँ हालसम्म कोरोना भाईरसका कारण ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै प्रदेश नम्बर २ र गण्डकी प्रदेश बराबर ५ /५ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा हालसम्म ४ जनाको मृत्यु भएको छ ।

र, हालसम्म एक जनाको पनि मृत्यु नभएको प्रदेश हो, प्रदेश नम्बर १ हो ।

संक्रमितको आधारमा यस्तो छ, विवरण : 

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार ७ प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी संक्रमित छन् । जहाँ २ हजार ३ सय ८४ जना संक्रमित उपचार गराईरहेका छन् भने सुदूरपश्चिम प्रदेशमा हालसम्म १ हजार ६ सय १० जना संक्रमणमुक्त भएका छन् । यस प्रदेशका २ जिल्ला कैलाली र बाजुरामा ५०० भन्दा बढी संक्रमित छन् । यहाँ सबैभनदा धेरै अर्थात् ६ हजार ३ सय १२ जना क्वारेन्टाईनमा छन् ।

हालको अवस्थामा संक्रमितको आधारमा दोस्रो नम्बरमा छ, प्रदेश नं २ । ७ प्रदेशमध्ये सबैभन्दा उच्च संख्यामा संक्रमित रहेका यस प्रदेशका सबै ८ जिल्ला आक्रान्त बनेका थिए । जहाँ हालको अवस्थामा १ हजार ९ सय १५ जना उपचाररत छन् भने २ हजार ५ सय ३८ जना संक्रमणमुक्त भईसकेका छन् । यस प्रदेशका महोत्तरी र रौतहट जिल्लामा हालको अवस्थामा पनि ५०० भन्दा बढी संक्रमित छन् । यहाँ कुल २ हजार ६ सय ७३ जना क्वारेन्टाईनमा छन् ।

संक्रमितको हालको विवरण हेर्दा तेस्रो नम्बरमा छ, प्रदेश नं ५ । जहाँ ५ सय ५८ जना संक्रमित उपचार गराईरहेका छन् । भने ३ हजार ५ सय ३७ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्केका छन् । यस प्रदेशको पाल्पा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् । यस प्रदेशमा ४ हजार २ सय २८ जना क्वारेन्टाईनमा छन् ।

मन्त्रालयका अनुसार संक्रमितको हालको विवरणअनुसार चौँथो नम्बरमा छ, बाग्मती प्रदेश । बाग्मती प्रदेशमा हाल ४ सय २८ जना उपचाररत छन् भने ४०६ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । यस प्रदेशमा १ हजार ७ सय ६५ जना क्वारेन्टाईनमा छन् ।

संक्रमितको हिसाबले पाँचौ नम्बरमा छ, गण्डकी प्रदेश । हालको अवस्थामा गण्डकी प्रदेशमा ३ सय ८५ जना उपचाररत छन् भने ९३५ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । यस प्रदेशका दुई जिल्ला मनाङ र मुस्ताङ संक्रमणमुक्त भएका छन् । यहाँ हालको अवस्थामा ३ हजार ८ सय ३७ जना क्वारेन्टाईनमा छन् ।

छैटौँ नम्बरमा छ, कर्णाली प्रदेश । जहाँ ७ प्रदेशमध्ये अन्तिममा कोरोना संक्रमण देखिएको थियो । हालको अवस्थामा त्यहाँ ३ सय १९ जना उपचाररत छन् भने १४ सय ७९ जना संक्रमणमुक्त भएका छन् । यस प्रदेशमा पर्ने हुम्ला जिल्ला संक्रमणमुक्त छ । यहाँ हालको अवस्थामा १ हजार ७ सय ७१ जना क्वारेन्टाईनमा छन् ।

र अन्तिममा छ, प्रदेश नं १ । जहाँ हालको अवस्थामा ६७ जना उपचाररत छन् भने ७४४ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । यस प्रदेशका संखुवासभा र भोजपुर जिल्ला संक्रमणमुक्त भएको छ । यस प्रदेशमा हाल २ हजार ९ सय १४ जना क्वारेन्टाईनममा बसिरहेका छन् ।

बितेको २४ घण्टामा कुन जिल्लामा कति थपिए ? 

कहाँ गरिएको परिक्षणमा कहाँका कति जनामा संक्रमण देखियो ? 

बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा : झापाका २ जना र सुनसरीका ४ जना

कोशी अस्पताल विराटनगर प्रयोगशाला गरिएको परिक्षणमा : झापाका २ जना, उदयपुरका १ जना र इलामका ६ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : मोरङका ३ जना र ओखलढुङ्गाका १५ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका २६ जना

नारायणी अस्पताल विरगञ्जमा गरिएको परिक्षणमा : पर्साका २ जना, बाराका १ जना र रौतहटका ६ जना

भरतपुर अस्पताल प्रयोगशाला भरतपुरमा गरिएको परिक्षणमा : धनुषाका १ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा : काठमाडौंका १ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परिक्षणमा : नवलपरासी पूर्वका १७ जना, रौतहटका ६ जना र मकवानपुरका ३ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका २ जना र स्याङ्जाका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : रुपन्देहीका १ जना, प्यूठानका १ जना

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : बाँकेका ८ जना, सुर्खेतका २ जना, बर्दियाका १ जना र दाङका १ जना

पिसिआर प्रयोगशाला दैलेखमा गरिएको परिक्षणमा : दैलेखका ६ जना

चौरजहारी नगरपालिका प्रयोशालामा गरिएको परिक्षणमा : रुकुम पश्चिमका १ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : सुर्खेतका १ जना, सल्यानका २ जना र जाजरकोटका २ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परिक्षणमा : मुगुका १ जना

डडेल्धुरा प्रयोगशाला अस्पतालमा गरिएको परिक्षणमा : डडेल्धुराका ८ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा : अछामका ४ जना, कैलालीका १४ जना, कञ्चनपुरका १४ जना र बझाङका १ जना गरी बितेको २४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टाको विवरण : 

बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ का १ सय ६७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ६७ जना नयाँ संक्रमित थपिँदा नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय १३ जना डिस्चार्ज भएका छन् । यससँगै ११ हजार २ सय ४९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिले देशभरका विभिन्नअस्पतालमा ६०५६ जना उपचार गराईरहेका छन् । यो संख्या नेपालमा कोरोनाको ‘एक्टिभ केस’ हो ।

पछिल्लो २४ घण्टामा  पीसीआर विधिबाट विभिन्न २७ वटा प्रयोगशाला मार्फत ४ हजार ९ सय ८१ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट ३ लाख ३ हजार ८ सय २० जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनहरुमा २३ हजार ५ सय जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?