पशुपतिका भट्टहरु हटाउन लागेको समाचार निराधार : पशुपति क्षेत्र विकास कोष

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले पछिल्ला केहि दिनदेखि विभिन्न सञ्चारमाध्यममा पशुपतिका भट्टहरु हटाउन लागेको भन्ने विषयमा आएका समाचार निराधार भएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै पशुपति क्षेत्र विकास कोषले सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, “नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोच नरहेको जानकारी गराउन चाहन्छौँ । नेपाल भारतबीच सदियौँदेखि सुमधुर सम्बन्ध रहेको र त्यस्तो सुमधुर सम्बन्ध धुमिल पार्न कतिपय शक्ति लागिपरेको समेत उल्लेख छ ।” हेर्नुहोस् विज्ञप्ती : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?