कोरोना अपडेटः कुन जिल्लामा कति थपिए संक्रमित ? पछिल्लो २४ घण्टाको विवरणसहित

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभरका विभिन्न २५ वटा प्रयोगशालाबाट ४ हजार ३ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

जसबाट १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । त्यस्तै नेपालमा हिजो १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनका अनुसार नेपालमा हाल २४ हजार ७ सय १६ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् । बितेको २४ घण्टामा ३४ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । यो भनेको कुल संक्रमितको ६० दशमलव ५३ प्रतिशत रहेको प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिए ।

जसअनुसार हाल नेपालमा ६ हजार ६ सय ९५ जना कोरोना संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाको कारण ३८ जनाको ज्यान गएको छ । भने कोरोना संक्रमणको उच्च जोखिम अर्थात रेड जोनमा ५ सय २५ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा कोही पनि रेड जोनमा परेका छैनन् ।

त्यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुबै जना काठमाडौंकै रहेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए संक्रमित ?

बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परीक्षणमा धनकुटाका ३ जना, सिरहाका १ जना, सुनसरीका १ जना र तेह्रथुमका १ जना

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा इलामका २ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १९ जना र महोत्तरीका १९ जना

नारायणी अस्पताल विरगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका २ जना र धनुषाका २ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गोरखाका १ जना र नुवाकोटका १ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १ जना

किटजन्य रोग तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना,रौतहटका १ जना र सिन्धुलीका १ जना

धुलिखेल अस्पताल धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा काभे्रपालन्चोकका २ जना र ओखलढुङ्गाका १ जना

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा गोरखाका १ जना,कैलालीका १ जना, काठमाडौंका १ जना,पाल्पाका १ जना,सिन्धुपालचोकका १ जना र सर्खेतका १ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्यूठानका ३ जना

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १ जना, रोल्पाका ३ जना, बर्दियाका १ जना र दाङका ५ जना

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना र पाल्पाका ४ जना

आरटी पीसीआर दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ६ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा अछामका १२ जना र ४ जना

सेती प्रादेशीक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा अछामका २ जना,कञ्चनपुरका १ जना र कैलालीका ४ जना

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरेहको छ । हाल नेपालमा २४ हजार ७ सय १६ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन् । सुदूरश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी ६ हजार २ सय १९ जना क्वारेन्टाइनमा रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्, जहाँ कर्णाली प्रदेशमा १ हजार ८ सय २१ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रदेश नं १ मा ३ हजार १ सय ४३ जना

प्रदेश नं २ मा ३ हजार १ सय ६ जना

बाग्मती प्रदेशमा १ हजार ९ सय ८८ जना

गण्डकी प्रदेशमा ३ हजार ९ सय १३ जना

प्रदेश नं ५ मा ४ हजार ५ सय २६ जना

कर्णाली प्रदेशमा १ हजार ८ सय २१ जना

सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय १९ जना

 

कुन प्रदेशमा कति छन् संक्रमित ? (विवरणसहित)

नेपालमा हालसम्म सबै भन्दा धेरै कोरोना संक्रमित प्रदेश नं २ मा रहेका छन् । प्रदेश नं २ मा हालसम्म ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, प्रदेश नं ५ मा हालसम्म सबै भन्दा कम ४ हजार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश नं १ मा ७ सय ७५ जना

प्रदेश नं २ मा ४ हजार ३ सय ९२ जना

बाग्मती प्रदेशमा ८ सय २१ जना

गण्डकी प्रदेशमा १ हजार २ सय ७८ जना

प्रदेश नं ५ मा ४ हजार ९२ जना

कर्णाली प्रदेशमा १ हजार ७ सय ४७ जना

सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ५६ जना

नेपालमा कुन प्रदेशका कति छन् आइसोलेसनमा ?
नेपालमा हाल ६ हजार ६ सय ९५ जना संक्रमित रहेका छन् । बितेको २४ घण्टामा थप ११६ जना संक्रमण पुष्टि भएसँगै ६ हजार ६ सय ९५ जनामा संक्रमित उपचाररत रहेका छन् ।
हालसम्म १० हजार ३ सय २८ जना कोरोना संक्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित रहेका छन् । जहाँ २ हजार ५ सय ३२ जना संक्रमित उपचाररत छन् । त्यस्तै सबैभन्दा कम प्रदेश नं १ मा रहेका छन् । जहाँ १ सय ७१ जना संक्रमित रहेका छन् ।

प्रदेश नं १ मा १ सय ७१ जना

प्रदेश नं २ मा १ हजार ९ सय ७ जना

बाग्मती प्रदेशमा ४ सय ६५ जना

गण्डकी प्रदेशमा ५ सय २ जना

प्रदेश नं ५ मा ७ सय ४६ जना

कर्णाली प्रदेशमा ३ सय ७२ जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय ३२ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?