कुन प्रदेशमा कति छन् संक्रमित ? (विवरणसहित)

काठमाडौं । नेपालमा आज (सोमवार) थप ११६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ ।

नेपालमा सबै भन्दा धेरै कोरोना संक्रमित प्रदेश नं २ मा रहेका छन् । प्रदेश नं २ मा हालसम्म ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जुन नेपालमा सबै भन्दा धेरै हो ।

त्यस्तै, प्रदेश नं ५ मा हालसम्म सबै भन्दा कम ४ हजार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तो छ कोरोना संक्रमितको प्रदेशीक विवरण :
प्रदेश नं १                –                ७ सय ७५ जना
प्रदेश नं २                –                ४ हजार ३ सय ९२ जना
वाग्मती प्रदेश            –                ८ सय २१ जना
गण्डकी प्रदेश           –                १ हजार २ सय ७८ जना
प्रदेश नं ५                –                ४ हजार ९२ जना
कर्णाली प्रदेश            –               १ हजार ७ सय ४७ जना
सुदूरपश्चिम प्रदेश        –               ३ हजार ९ सय ५६ जना

नेपालमा बितेको २४ घण्टामा देशभरका विभिन्न २५ वटा प्रयोगशालाबाट ४ हजार ३ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । जसबाट १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनका अनुसार नेपालमा हाल २४ हजार ७ सय १६ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् । बितेको २४ घण्टामा ३४ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ ।

यो भनेको कुल संक्रमितको ६० दशमलव ५३ प्रतिशत रहेको प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिए । जसअनुसार हाल नेपालमा ६ हजार ६ सय ९५ जना कोरोना संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाको कारण ३८ जनाको ज्यान गएको छ । भने कोरोना संक्रमणको उच्च जोखिम अर्थात रेड जोनमा ५ सय २५ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा कोही पनि रेड जोनमा परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?