काठमाडौं । पछिल्लो समय नेपालमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरेहको छ । हाल नेपालमा २४ हजार ७ सय १६ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेका छन् । सुदूरश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी ६ हजार २ सय १९ जना क्वारेन्टाइनमा रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्, जहाँ कर्णाली प्रदेशमा १ हजार ८ सय २१ जना क्वारेन्टाइनमा रहेका छन् ।
कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
प्रदेश नं १ मा ३ हजार १ सय ४३ जना
प्रदेश नं २ मा ३ हजार १ सय ६ जना
बाग्मती प्रदेशमा १ हजार ९ सय ८८ जना
गण्डकी प्रदेशमा ३ हजार ९ सय १३ जना
प्रदेश नं ५ मा ४ हजार ५ सय २६ जना
कर्णाली प्रदेशमा १ हजार ८ सय २१ जना
सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय १९ जना
नेपालमा बितेको २४ घण्टामा देशभरका विभिन्न २५ वटा प्रयोगशालाबाट ४ हजार ३ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । जसबाट १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनका अनुसार नेपालमा हाल २४ हजार ७ सय १६ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् । बितेको २४ घण्टामा ३४ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । यो सँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । यो भनेको कुल संक्रमितको ६० दशमलव ५३ प्रतिशत रहेको प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङ मार्फत जानकारी दिए ।
जसअनुसार हाल नेपालमा ६ हजार ६ सय ९५ जना कोरोना संक्रमित रहेका छन् । नेपालमा हालसम्म कोरोनाको कारण ३८ जनाको ज्यान गएको छ । भने कोरोना संक्रमणको उच्च जोखिम अर्थात रेड जोनमा ५ सय २५ जना रहेका छन् । प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा कोही पनि रेड जोनमा परेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया