सांसदलाई तनाव हुने गरि आयो राप्रपाको विज्ञप्ति

काठमाडौँ, १२ फागुन – आफ्नै सांसदले सुर्खेतलाई प्रदेश नम्बर ६ को राजधानी राख्न नहुने भन्दै मतदान गरपनि राप्रपाले भने खण्डन गरेको छ आज प्रदेशको नाम र राजधानीका विषयमा भएको निर्णयका क्रममा राप्रपा सांसद सोशीला शाहीले राजधानी सुर्खेत हुने निर्णयको विपक्षमा मतदान गरेकी थिइन् तर, राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रदेश नं ६ को राजधानी सुर्खेत हुने राप्रपाको आधिकारिक धारणा भएको भन्दै प्रदेशसभाका सांसदलाई यसवारे पार्टीले ह्विप जारी नगरेको हुँदा शाहीले सुर्खेतको बिपक्षमा गरेको मतदान गर्नु उनको व्यक्तिगत धारणा भएको उल्लेख गरेका छन् यद्यपी प्रदेश नम्बर–६ को नामाकरण कर्णाली हुनेबारेमा भने उनले पक्षमा मतदान गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?