काठमाडौं । झापामा सेफ्टि ट्याङ्कीमा डुबेर मृत्युएक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-२ सोमबारे बस्ने हरी प्रसाद भट्टराईको ७ वर्षीय छोरा ईसान भट्टराईको सेफ्टि ट्याङ्कीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो ।
छिमेकी घरमा बनाउँदै गरेको सेफ्टि ट्याङ्कीमा डुबीरहेको अवस्थामा फेला पारी उपचारको लागि ओम साई पाथिभरा अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया