हुने भयो मन्त्रिमण्डल बिस्तार

चितवन, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् । सपथको समय दिउँसो ३ बजेको लागि राखिएको सत्ता साझेदार तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जानकारी दिए शनिबार प्रेस सेन्टर र प्रेस चौतारी नेपालले चितवनमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार मन्त्रिमण्डल बिस्तार हुने बताएका हुन् ‘बिहानमात्रै प्रधानमन्त्रीजीसँग मेरो कुरा भयो । पर्सी ३ बजे सपथ हुन्छ र मन्त्रिमण्डलले पूर्णता पाउँछ’, प्रचण्डले भने, भोलि बेलुकासम्म नाम पनि फाइनल हुन्छ ।’दुई पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै रहेर नेतृत्वलाई मिलाउन सकस पर्दा क्याबिनेटलाई पूर्णता दिन ढिलाई भएको बताइएको बेला प्रचण्डले यस्तो बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?