उपत्यकामा सार्वजनिक सवारी चले कोरोना संक्रमण भयावह

यथास्थितिमा सार्वजनिक सवारीसाधन चलाउँदा राजधानीमा कोभिड–१९ को संक्रमण भयावह हुने सक्ने चेतावनी विज्ञले दिएका छन् ।
सार्वजनिक सवारीसाधन सञ्चालनले संक्रमण विस्तारमा मलजल गर्ने स्थिति नियन्त्रणबाहिर जानसक्ने उनीहरुले बताएका छन् ।
केही सातायता काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनहुँ थपिँदैछ । शुक्रबारसमेत उपत्यकामा ४२ जना नयाँ संक्रमित फेला परेका छन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले राजधानीमा सार्वजनिक सवारी खुलेपछि संक्रमण विस्तार बढी हुने बताए ।
वीर अस्पतालमा कार्यरत डा भुपेन्द्र बस्नेतले सम्भावित संक्रमणको विस्तार रोक्न राजधानी केन्द्रीत रणनीति समेत आवश्यक रहेको बताए । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?