यी हुन् कोरोना संक्रमणका हिसावले ‘टप २०’ मुलुक

कोरोना संक्रमणका हिसावले सबैभन्दा धेरै क्षति अमेरिकामा देखिएको छ । हालसम्म साढे ३२ लाख नजिक संक्रमित रहेका अमेरिकामा मृतकको संख्या १ लाख ३६ हजार नाघेको छ । यस्तै ब्राजिल दोस्रो स्थानमा रहँदा भारत तेस्रो स्थानमा रहेको छ ।

भारतपछि रसिया, पेरु, चिली, स्पेन, युके मेक्सिको, इरान, पाकिस्तान, इटाली, साउथ अफ्रिका, साउदी अरेबिया, टर्की, जर्मनी, बंगलादेश फ्रान्स, कोलम्बिया र क्यानडामा धेरै संक्रमित रहेका छन् ।

हालसम्म विश्वभर कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ६० हजार नजिक पुगेको छ । शुक्रबार रातिसम्म कोरोना संक्रमणबाट ५ लाख ५९ हजार ३५२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

यसैगरी संक्रमण जित्नेको संख्या ७२ लाख ७८ हजार नाघेको छ ।

यसैगरी विश्वभर संक्रमितको संख्या १ करोड २४ लाख ८९ हजार २४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?