सरकारी निर्णयको प्रतीक्षामा निजी विद्यालय, असार मसान्तसम्मको अल्टिमेटम

निजी विद्यालयको संगठन प्याब्सन र एन प्याब्सनले सरकारलाई असार मसान्तसम्मको म्याद दिएका छन् ।
तीन दिनअघि सरोकारवालासँग भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । मन्त्रीको आग्रहलाई स्वीकारेका प्याब्सन र एन प्याब्सनले अहिले मन्त्रालयको निर्णय कुरेर बसिरहेका छन् ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारको निर्णयको प्रतीक्षामा रहेको जानकारी गराउँदै अब धेरै दिन कुर्नुपर्ने अवस्था नभएको बताए। उनले भने– ‘हामी सरकारले के निर्णय गर्छ प्रतीक्षामा छौं, यदि माग पूरा नभए असार मसान्तपछि पूर्ण बन्द गर्नुको विकल्प छैन ।’नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?