काठमाडौं, ११ फागुन । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ६७औं जन्मदिन अरु वर्षको भन्दा फरक देखियो विगतका केही वर्षयता ओलीले आफ्नो जन्मदिन फरक–फरक तरिकाले मनाउँदै आएका छन् ओलीले अघिल्लो जन्मदिन झापा क्रान्तिमा आफ्ना सहयोद्धाहरुलाई बालकोटमै डाकेर मनाएका थिए भने त्योभन्दा अघिल्लो जन्मदिन कलाकार र स्रष्टाहरुलाई जम्मा गरेर जन्मदिन मनाएका थिए यसपटकको जन्मदिनमा पार्टीका शीर्ष नेता, कार्यकर्ता र दुई ठूला छिमेकी राष्ट्रका राजदूतहरुले झनै भव्य बनाइदिएका छन् मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रधानमन्त्री ओलीको निवासमै लगेर केक काट्ने व्यवस्था मिलाएको थियो । पार्टीको स्थायी कमिटी बैठकका लागि जम्मा भएका नेताहरुले सामुहिक रुपमा प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका थिए जन्मदिनको शुभकामना दिन नेपालका लागि चीन र भारतका राजदूत फुलको बुके लिएर बालुवाटार नै पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया