वैज्ञानिक मापदण्ड बनाईयो भने म मन्त्री बन्ने निश्चित छ : अमनलाल मोदी

काठमाडौँ, १० फागुन- नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद अमनलाल मोदीले राम्रो र वैज्ञानिक मापदण्ड बनाईए आफू मन्त्री हुने निश्चित भएको ठोकुवा गरे । यद्धपी आफू मन्त्री हुनकै लागि चाप्लुसी, चाकडी वा धाउने काममा नलाग्ने स्पष्ट पारे । उनले भने,‘अहिले वैज्ञानिक मापदण्ड बनाईयो भने म मन्त्री हुन्छु।’नेता मोदीले अहिले आफ्नो पार्टी माओवादी केन्द्र ५, ६ र ७ नम्बर प्रदेशमा मात्रै केन्द्रित भएकोमा गुनासो पोखे । उनले भने,‘समानुपातिक–समावेशीताको आधारमा गरिने हो भने म नपर्ने कुरै छैन।’ उनले मन्त्रिमण्डल विस्तार आज वा भोलिभित्रै टुँगो लाग्ने पनि विश्वास दिलाए उनले एमाले–माओवादीबीचको एकताको समझदारीलाई विहेको लगन जुरेको संज्ञा दिए । उनले भने,‘एकता भनेको विहेको लगन जुरेकोजस्तो हो, विहेको कार्ड वितरण भैसक्यो, विहे भएर दाम्पत्य जीवन राम्रो हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?