सुत्केरीको हेलिकोप्टरबाट उद्धार, शल्यक्रिया सफल

मेलम्ची । सिन्धुपाल्चोकको खाडीचौरबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको शल्यक्रिया सफल भएको छ । काठमाडौंंको ह्याम्स अस्पतालमा शुक्रवार सांँझ शल्यक्रियाबाट शिशु जन्माइएको हो ।

खाडीचौरस्थित सदाबहार अस्पतालका चिकित्सकले लिंसखुपाखर गाउँपालिका ७ की २४ वर्षीया निशा तामाङको शल्यक्रिया गर्न खोज्दा पाठेघर र पिसाबथैली जोडिएको भेटिएपछि हेलिकोप्टरबाट काठमाडौं पठाइएको थियो ।

उनी बिहीवार नै सुत्केरी हुनका लागि सदाबहार अस्पतालमा भर्ना भएकी थिइन् । शिशु र आमाको अवस्था सामान्य रहेको सदाबहार अस्पतालका डा. रोशन थापा श्रेष्ठले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?