दुई विधेयक प्रमाणित

सुर्खेत । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेशसभा सचिवालयबाट प्राप्त दुई विधेयक प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख कलौनीले प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र प्रदेश लोकसेवा आयोग ऐन, २०७५ लाई पहिलो संशोधन गर्न बनेको विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको हो ।

नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?