काठमाडौं । लिटिल बुद्धु भनिने रामबहादुर बमजन विरुद्ध बलात्कार तथा मानिस बेपत्ता गराएको आरोप मुद्दा दर्ता भएको छ।
उनीसहित ३ जनाविरुद्ध जिल्ला अदालत सर्लाहीमा बिहीवार मुद्दा दायर भएको हो।
बलात्कार तथा मानिस बेपत्ता गराएको आरोप लाग्दै आएका उनलाई अहिले बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार कारबाहीको मागसहित मुद्धा दर्ता भएको हो ।
यसअघि पटक पटक सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा ६ स्थित बाडेगाँउको आश्रम र अन्य ठाँउमा समेत प्रहरीले छापा मारिसकेको छ ।
तर केन्द्रीय अनुसन्धान ब्युरो (सीआइवी)को टोलीले छापा मार्दापनि पक्राउ गर्न सकेको छैन् ।
उनलाई पटक पटक गरी पनि पक्राउ गर्न नसकेपछि प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाएको
थियो ।
वकिल कार्यालय सर्लाहीका अनुसार हिजो नै मुद्दा दर्ता गराइ १४ वर्षसम्मको ग कैद सजाय माग गरिएको छ ।
रौतहटकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धान गरी सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गराएको हो।
सरकारी वकिलको कार्यालयले बमजनका सहयोगी ज्ञानबहादुर बमजन र जितबहादुर तामाङ विरुद्ध भगाउन र लुकाउन सहयोग गरेको भन्दै मतियारको रूपमा मुद्दा दर्ता गराएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया