काठमाडौं – क्वारेन्टाईनमा आत्महत्या गरेका एक युवामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । दुबईबाट घर आउँदा उनको आरडीटी परीक्षण नेगेटिभ देखिएको थियो । उनी रोल्पाका हुन् ।
असार १० गते दुबईबाट आएका रोल्पाको गंगादेव गाउँपालिका वडा नं ५ का ३१ वर्षीय युवाले असार १७ गते दिउँसो १ बजेतिर झुण्डिएर आत्महत्या गरेकोमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । दुबईबाट आएका उनलाई काका नाता पर्ने गाउँकै एक व्यक्तिको खाली घरमा एक्लै होम क्वारेन्टाईनमा राखिएको थियो । गाउँपालिकाले तयार गरेका क्वारेन्टाईननहरू खाली नभएपछि उनलाई त्यहाँ राखिएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
उनको आत्महत्या पछिमात्रै परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
उनको शव पोष्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको र तुलसीपुरमै शव व्यवस्थापन गर्ने गरी तयारी गरिएको छ । यसअघि पनि क्वारेन्टाईनमा बसेै अवस्थामा उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ राजाबास स्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाईनमा एक किशोरले आत्महत्या गरेका थिए ।
श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बसेका १८ वर्षीय युवकले आत्महत्या गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया