ओलीको आरोपमा पन्छियो भारत

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न षड्यन्त्र गरेको भन्दै भारतमाथि लगाएको आरोपले सत्तारुढ नेकपाभित्र ठूलै हल्लीखल्ली मच्चाएपनि सरकार सरकार त्यस विषयमा औपचारिक प्रतिक्रिया दिनबाट पन्छिएको छ ।

उक्त आरोपप्रति दिल्लीका मिडिया र कूटनीतिक क्षेत्रले समेत विशेष चासो देखाएका थिए । तर बिहीबार भारतको विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले यो विषयमा जिज्ञासा राख्नसमेत प्रवक्ता अनुराग श्रीवास्तवले केही धारणा राखेनन् । बरु उनले नेपाल भारत सम्बन्धमा अरु आयामबारे चर्चा गरेर टारेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?