कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था, कहाँ कस्तो ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख १९ हजार ६०५ जनाको मृत्यु भईसकेको छ भने १ करोड ८ लाख ३६ हजार २९८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६० लाख ५७ हजार १९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ९६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३० हजार ८१३ जनाको मृत्यु भईसकेको छ भने २७ लाख ८१ हजार ८५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ११ लाख ६५ हजार १५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ भने १ हजार १३२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १४ लाख ५३ हजार ३६९ जनालाई संक्रमण भएको छ भने ६० हजार ७१३ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ९ लाख १६ हजार १४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ६८३ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ६१ हजार १६५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख २८ हजार ९७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १४७ जनाको मृत्यु भएको छ भने ६ हजार ७६० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३६३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९६ हजार ७३९ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ९०६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख १३ हजार ४८३ जनालाई संक्रमण भएको छ । त्यहाँ २३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ७८८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार ७६० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९० हजार ७१७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ८६१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार ७१९ जनालाई संक्रमण भएको छ । त्यहाँ ७६ हजार ५३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ६१ जनाको मृत्यु भएको छ भने १ लाख ९६ हजार ३७२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८० हजार ३०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३२९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १७ हजार ८६० जनाको मृत्यु भईसकेको छ भने ६ लाख ६ हजार ९०७ जनालाई संक्रमण भएको छ ।

भारतमा ३ लाख ६० हजार ३७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १२ जनाको मृत्यु भएको छ भने १ हजार ६८७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार १५० जनाको मृत्यु भईसकेको छ भने २ लाख १ हजार ९८ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ७५ हजार ४२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ८६० जनाको मृत्यु भईसकेको छ भने २ लाख ८८ हजार ४७७ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७८ हजार २४५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ११ हजार १०६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३२ हजार ८६३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९४ हजार ९८ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने ३ हजार ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १४८ जनाको मृत्यु भएको छ भने २ हजार ६५२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै क्यानडामा ८ हजार ६१५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४ हजार २७१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६७ हजार ७४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार १०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २८ हजार ५१० जनाको मृत्यु भईसकेको छ भने २ लाख ३१ हजार ७७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७४१ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ६८१जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख ३८ हजार ३१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ३ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ५३७ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४८७ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ४७३ जनाको मृत्यु भईसकेको छ भने २ लाख १७ हजार ८०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ४ हजार ६९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७८ जनाको मृत्यु भएको छ भने ४ हजार ३३९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७६१ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार ५९८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १७ हजार ४४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८९ जना नयाँ संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ११३ जनाको मृत्यु भएको छ भने ५० हजार २७३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा ५ हजार ३७० जनाको मृत्यु भईसकेको छ भने ६९ हजार ६९२ जनालाई संक्रमण भएको छ । त्यहाँ १४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा १ हजार ५४७ जनाको कोरोनाको कारण ज्यान गएको छ भने ४१ हजार १३६ नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा आज (बिहीवार) एकैपटक ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३१ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ५ हजार ३२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६६४ रहेको छ ।

यसैबीच नेपालमा हिजो (बुधवार) एकैपटक ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १ हजार ४६२ जना कोरोना संक्रमण मुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?