नेपालमा कोरोना अपडेट : कहाँ कति पुगे संक्रमित ? (प्रादेशीक विवरणसहित)

काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक शिशुको असार १७ गते साँझ ४ बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले म्याग्दी जिल्ला धौलागिरी नगरपालिका वडा नम्बर ४ का ४९ दिनका एक शिशुको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएका हुन् ।

उनको असार ९ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको र पहिलो चरणको डायलासिस समेत भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

यसैबीच नेपालमा आज बिहिबार थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५ सय १९ पुगेको छ । जसमध्ये महिला १, ८८३ जना छन् भने पुरुष १२ हजार ६३६ जना छन् । आज पुष्टि भएका १०९ जना महिला र ३६४ जना पुरुष संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ । नेपालमा हिजो बुधवार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा अहिलेसम्म ५ हजार ३ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणमुक्त हुनहरुको संख्या ६६४ रहेको छ ।

मृत्यु भएकाको विवरण यस्तो :
मृत्यु हुनेमा म्याग्दी घर भएकी डेढ महिना शिशु हुन् । उनको उपचारका क्रममा मृत्यु भएको हो । म्याग्दी जिल्ला धौलागिरी नगरपालिका, वडा नं ४ घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया ‘ट्रयाक्टेस्टोमी’ गरेका थिए । उनको आइसियुमा राखि उपचार भइरहेको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका ४९ दिने शिशुमा शल्यक्रिया अघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । ति शिशुको सम्पर्कमा रहेका बुबा, आमा र फुपुको पीसीआर परीक्षणका लागि नमुना सं‌कलन गरी पठाइएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

थपिएका संक्रमितको विवरण यस्तो छ : 

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : सुनसरीका ३ जना पुरुष,मोरङको ४ जना महिला र २ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा :  झापाका १ जना पुरुष
गजेन्द्र नारायण सिंह राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा : सप्तरीका १ जना महिला र ९ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका ४ जना महिला र २६ जना पुरुष र महोत्तरीका १ जना महिला र १२ जना पुरुष

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : अछामका ५ जना महिला र २६ जना पुरुष,बझाङका ११ जना महिला र २४ जना पुरुष,डोटीका १० जना महिला र ४८ जना पुरुष,कैलालीका ४० जना महिला र १२५ जना पुरुष र कनञ्चपुरका ६ जना महिला र २५ जना पुरुष र खोटाङका १ जना पुरुष

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा :  ललिपुरका १ जना पुरुष

भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : चितवनका १ जना महिला र १ जना पुरुष

त्रिबि विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा : बर्दियाका १ जना महिला भक्तपुरका २ जना पुरुष, दाङका २ जना पुरुष,धादिङ्का १ जना महिला,दोलखाका १ जना महिला र १ जना पुरुष,गोरखाका १ जना पुरुष, काठमाडौंका १७ जना महिला र ११ जना पुरुष,काभ्रेपलान्चोकका १ जना पुरुष र ललितपुरका १ जना पुरुष,मकवानपुरका १ जना महिला,पाल्पाका १ जना महिला रामेछापका १ जना पुरुष,रुपन्देहीका १ जना पुरुष,सिन्धुलीका १ जना पुरुष,उदयपुरका १ जना महिला,नवलपरासीका १ जना पुरुष,सिन्धुपालचोकका १ जना पुरुष,अर्घाखाँचीका २ जना पुरुष र सुनसरीका १ जना पुरुष

टेकु अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : नुवाकोटका १ जना पुरुष,रसुवाका १ जना महिला र सिन्धुपाल्चोकका १ जना महिला र २ जना पुरुष

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका १ जना पुरुष,पर्वतका २ जना पुरुष,तँनुहका ३ जना पुरुष र स्याङजाका २ जना पुरुष

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा : कास्कीका १ जना पुरुष,लमजुङका १ जना महिला र १५ जना पुरुष

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा : दाङका २ जना पुरुष

स्वास्थ्य सेवा कार्यालय दैलेखमा गरिएको परिक्षणमा : दैलखका ३ जना पुरुष

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा : कालीकोटका १ जना पुरुष

 १०९ जना महिला र ३६४ जना पुरुष = ४७३ जना संक्रमित थपिएका 

काठमाडौंमा एकैदिन थपिए २८ संक्रमित :
काठमाडौंमा बितेको २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १७ महिला र ११ पुरुष रहेका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको स्वाब परीक्षणमा बितेको २४ घण्टामा २८ जनामा संक्रमण देखिएको हो । १७ जना महिला र ११ जना पुरुष गरी कुल २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा मात्रै लगातार ३ दिनदेखि संक्रमित तिव्र रुपले बढीरहेका छन् ।

काठमाडौं लगायत भक्तपुर, ललितपुर र घना बस्ती भएका शहरमा कोरोनाको संक्रमण तीव्र रुपमा बढिरहेको भन्दै जोखिम बुझेर सचेत रहन मनत्रालयले अनुरोध गरेको छ । संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा पाईएका कोरोना भाइरसबारे अध्ययन सुरु :
नेपालमा अहिले यूवा उमेरका व्यक्ति सबैभन्दा धेरै प्रभावित भएका छन् भने २ हजार बढी बालबालिका समेत संक्रमित भएका छन् । त्यस्तै नेपालमा लक्षणबिनाका बिरामी ९० प्रतिशत रहेको भन्दै अध्ययन आवश्यक भएको विज्ञहरुको ठम्याई थियो ।
संक्रमितको जीन सिक्वेनिङबाट विदेशबाट आएका संक्रमित, नेपालमा संक्रमित भएकाहरुको अवस्था र भाइरसको प्रकार थाहा हुन्छ ।
यसबाट संक्रमितको मुत्युदर कम हुनु र ९८ प्रतिशतभन्दा बढी संक्रमितमा लक्षण नहुनुको कारण पनि पत्ता लाग्ने विज्ञले बताएका छन् ।नेपालमा भेटिएको कोरोना भाइरसबारे अध्ययन सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् एनएचआरसी ले कोरोना भाइरस ‘कोभिड-१९’ का १५ संक्रमितको ‘जीन सिक्वेन्सिङ’को काम सुरु गरेको हो ।नेपालमा अहिले यूवा उमेरका व्यक्ति सबैभन्दा धेरै प्रभावित भएका छन् भने २ हजार बढी बालबालिका समेत संक्रमित भएका छन् । त्यस्तै नेपालमा लक्षणबिनाका बिरामी ९० प्रतिशत रहेको भन्दै अध्ययन आवश्यक भएको विज्ञहरुको ठम्याई थियो ।

संक्रमितको जीन सिक्वेनिङबाट विदेशबाट आएका संक्रमित, नेपालमा संक्रमित भएकाहरुको अवस्था र भाइरसको प्रकार थाहा हुन्छ ।

यसबाट संक्रमितको मुत्युदर कम हुनु र ९८ प्रतिशतभन्दा बढी संक्रमितमा लक्षण नहुनुको कारण पनि पत्ता लाग्ने विज्ञले बताएका छन् ।

पछिल्लो २४ घण्टामा ६६४ जना कोरोना संक्रमण मुक्त : 
नेपालमा आज बिहीवार थप ६६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३७ पीसीआर परीक्षण भएको छ । हाल सम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परिक्षण भएको छ । सरकारले पीसीआर परीक्षणलाई बढाउन थप २ वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेको छ । यससँगै कुल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुने छ ।

क्वारेन्टाइनमा कति छन् ?

देशभर रहेका विभिन्न क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना व्यक्ति रहेका छन् । यस्तै विभिन्न अस्पतालहरुमा १० हजार १ सय ३७ जना संक्रमितहरु उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ ।

कुन प्रदेशमा कति पुगे संक्रमित ? 

हालसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा ३ हजार ९ सय ९ जना, बागमती प्रदेशमा ५ सय ५ जना, गण्डकी प्रदेशमा १ हजार ८४ जना, प्रदेश ५ मा ३ हजार ८ सय ५३, कर्णाली प्रदेशमा १ हजार ५ सय १२ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस् :

अब १० गुणा कोरोना संक्रमणको खतरा ! वैज्ञानिकले दिए यस्तो चेतावनी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?