पछिल्लो २४ घण्टामा ६६४ जना कोरोना संक्रमण मुक्त, थपिए ४७३ जना नयाँ संक्रमित

काठमाडौं । नेपालमा आज (बिहीवार) थप ६६४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज देशभरका विभिन्न अस्पतालबाट ६६४ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएको जानकारी दिए ।

योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ५ हजार ३०३ पुगेको छ ।

यसैबीच नेपालमा आज (बिहीवार) एकैपटक ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३१ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म ५ हजार ३२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६६४ रहेको छ ।

यसैबीच नेपालमा हिजो (बुधवार) एकैपटक ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १ हजार ४६२ जना कोरोना संक्रमण मुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?