काठमाडौं – नेपालमा भेटिएको कोरोना भाइरसबारे अध्ययन सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस ‘कोभिड–१९’ का १५ संक्रमितको ‘जीन सिक्वेन्सिङ’को काम सुरु गरेको हो ।
नेपालमा अहिले यूवा उमेरका व्यक्ति सबैभन्दा धेरै प्रभावित भएका छन् भने २ हजार बढी बालबालिका समेत संक्रमित भएका छन् । त्यस्तै नेपालमा लक्षणबिनाका बिरामी ९० प्रतिशत रहेको भन्दै अध्ययन आवश्यक भएको विज्ञहरुको ठम्याई थियो ।
संक्रमितको जीन सिक्वेनिङबाट विदेशबाट आएका संक्रमित, नेपालमा संक्रमित भएकाहरुको अवस्था र भाइरसको प्रकार थाहा हुन्छ ।
यसबाट संक्रमितको मुत्युदर कम हुनु र ९८ प्रतिशतभन्दा बढी संक्रमितमा लक्षण नहुनुको कारण पनि पत्ता लाग्ने विज्ञले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया