कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु, आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरीएको थियो

काठमाडौं – कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।

म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया ‘ट्रयाक्टेस्टोमी’ गरेका थिए । उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका ४५ दिने शिशुमा शल्यक्रिया अघि प रीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

ति शिशुको सम्पर्कमा रहेका बुबा, आमा र फुपुको पीसीआर परीक्षणका लागि नमुना सं‌कलन गरी पठाइएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढीरहेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि थपिईरहेको छ । हिजो मन्त्रालयले दिएको तथ्यांकअनुसार कुल १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, ३० जनाको मृत्यु भईसकेको छ । यस्तै हालसम्म ४ हजार ६ सय ५६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले यससम्बन्धमा बितेको २४ घण्टाको अपडेट हरेक दिन सवा ४ बजे सामाजिक सञ्जाल फेसबुकको पेज लाईभमार्फत् दिँदैछ।

पर्याप्त परीक्षण नहुनु नै संक्रमण बढीरहनु र नियन्त्रणमा नआउनुको मूख्य कारण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?