नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले समृद्ध नगर निर्माणका लागि १३ प्रमुख आधार अघि सारेको छ ।
आगामी आर्थिक वर्ष २०७७/०७८ का नवलपुर । लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै नगर प्रमुख छत्रराज पौडेलले गरिबीमुक्त गैँडाकोटसहित आधार अघि सारेका हुन् ।
नगर प्रमुख पौडेलले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड १९ को जोखिम र यसबाट सिर्जित स्वास्थ्य समस्या न्यूनीकरण गर्नु पहिलो उद्देश्य भएको बताइएको छ । त्यस्तै कालीगण्डकी करिडोर, बिपी अन्तरराष्ट्रिय खेलग्राम, मनमोहन रङ्गशाला, स्मार्ट गैँडाकोट, शैक्षिक हब, निजी क्षेत्रको लगानीमा मौलाकालिका केबुलकार निर्माणलगायत प्रमुख आधार अघि सारिएको छ ।
“बाँझो जग्गारहित नगर” नारा दिएर खेतीयोग्य जमीलाई प्लटिङ गर्न पूर्ण रुपमा निरुत्साहन गरिने, “गैँडाकोटको पहिचानः स्वादिलो मकै” नारालाई व्यापकता प्रदान गर्ने तथा स्थानीयवासीको उत्पादन प्रवर्द्धन गरी रोजगारी बढाउन गैँडाकोट–३ का हर्दी र ढोडेनी तथा वडा नम्बर १२ र १८ मा घरबास सञ्चालन गर्न प्रोत्साहनसहित बजेट छुट्याइएको छ ।
बजेट ७१ करोड रुपैयाँ
गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७१ करोड ३२ लाख ४९७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ का लागि प्रश्तुत गरिएको बजेट चालु आर्थिक वर्ष २०७६/०७७ भन्दा ६ करोड ६३ लाख २७ हजार रुपैयाँ बढी छ ।
नगर उपप्रमुख विष्णुकुमारी कँडेलले आगामी वर्षका लागि आयतर्फको आन्तरिक स्रोतमा नौ करोड ४० लाख ५० हजार रुपैयाँ तथा सङ्घ र प्रदेशबाट अनुदान ६१ करोड ९१ लाख ५० हजार ४९७ रुपैयाँ प्राप्त हुने बताए ।
आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि चालु खर्चतर्फ ११ करोड ६५ रुपैयाँ बजेट विनियोन गरिएको कँडेलले बताए। त्यस्तै गैँडाकोट नगरपालिका वडानम्वर ३, १४ र १८ का लागि प्रतिवडा ८० लाख रुपैयाँका दरले दुई करोड ४० लाख रुपैयाँ तथा बाँकी १५ वटा वडाका लागि प्रतिवडा ७० लाख रुपैयाँका दरले १० करोड ५० लाख रुपैयाँ गरी कुल १२ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया