कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था, कहाँ कस्तो ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख १५ हजार २०२ जनाको मृत्यु भईसकेको छ भने १ करोड ६ लाख ३३ हजार ४८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५८ लाख ३७ हजार ६३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ९२६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३० हजार १७४ जनाको मृत्यु भईसकेको छ भने २७ लाख ३१ हजार ८१५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ११ लाख ४३ हजार ९२३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ९३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्दो २४ घण्टामा त्यहाँ ५२ जनाको मृत्यु भएको छ भने ३ हजार ९६२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १४ लाख ९ हजार ६९३ जनालाई संक्रमण भएको छ भने ५९ हजार ७४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ७ लाख ९० हजार ४० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २०८ जना नयाँ संक्रमित थपिएका छन् भने ८९ जनाको मृत्यु भएको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५३६ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ५४ हजार ४०५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख २२ हजार ९३१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २१६ जनाको मृत्यु भएको छ भने ६ हजार ५५६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३५५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९६ हजार ३५१ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ९०६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख १३ हजार ४८३ जनालाई संक्रमण भएको छ । त्यहाँ २३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १७६ जनाको मृत्यु भएको छ भने ८२९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ७६७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार ५७८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९० हजार २४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ८४३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६४ हजार ८०१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७६ हजार २७४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५३ जनाको मृत्यु भएको छ भने १ लाख ९५ हजार ९९८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७९ हजार ८०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ एक जनाको मृत्यु भएको छ भने १६६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १७ हजार ४९५ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ९१ हजार ४२० जनालाई संक्रमण भएको छ ।

भारतमा ३ लाख ५२ हजार १७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५ हजार ६२८ जना नयाँ संक्रमित थपिएका छन् भने ८५ जनाको मृत्यु भएको छ ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार १३१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९९ हजार ९०६ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ७३ हजार १११ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ६७७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८५ हजार २१३ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७४ हजार ५३५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ९५८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३० हजार २११ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९१ हजार ४८७ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने ३ हजार ८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ५४९ जना नयाँ संक्रमित थपिएका छन् भने १४१ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यानडामा ८ हजार ५९१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४ हजार २०४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६७ हजार ५९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार १०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २७ हजार ७६९ जनाको मृत्यु भईसकेको छ भने २ लाख २६ हजार ८९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ६४८ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ४३२ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख ३४ हजार ९५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप ३ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ५३४ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४७९ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ३९५ जनाको मृत्यु भईसकेको छ भने २ लाख १३ हजार ४७० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९१ जनाको मृत्यु भएको छ भने ४ हजार १३३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७५४ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार ५०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १७ हजार २१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ जनाको मृत्यु भएको छ भने ८२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ११३ जनाको मृत्यु भएको छ भने ५० हजार २७३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा ५ हजार ३३३ जनाको मृत्यु भईसकेको छ भने ६८ हजार ४५१ जनालाई संक्रमण भएको छ । त्यहाँ १४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा २ हजार १६ जनाको कोरोनाको कारण ज्यान गएको छ भने ५५ हजार २९२ नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?