उत्साह बिनाको त्यो ७ सय औँ गोल

काठमाडौं । लियोनल मेस्सीले ७ सय गोलको कोशेढुङ्गा पार गरेका छन् । लियोनल मेस्सीले ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडसँग बराबरी खेलेको छ ।

बार्सिलोनाले एट्लेटिको मड्रिडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

लियोनल मेस्सीले खेलको ५० औं मिनेटमा पेनाल्टीमा बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए । तर ६२ औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

मेस्सीले ७ सय औं गोल गरेपनि बार्सिलोनाले खेल जित्न भने सकेन ।

मेस्सीले फुटबल करियरमा ७ सय गोलको कोशेढुङ्गा पार गरे । बार्सिलोनाका सर्वाधिक गोलकर्ता समेत रहेका मेस्सीले क्लब र देशका लागि सो गोलको कोशेढुङ्गा पार गरेका हुन् । पेनाल्टी गोलसंगै मेस्सीले बार्सिलोनाका लागि ७ सय २४ खेलमा ६ सय ३० गोल पुरा गरे ।

एजेन्सी

यो पनि पढ्नुहोस् : एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो बार्सिलोना, उपाधि होडमा गम्भिर धक्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?