एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो बार्सिलोना, उपाधि होडमा गम्भिर धक्का

काठमाडौं । ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडसँग बराबरी खेलेको छ । बार्सिलोनाले एट्लेटिको मड्रिडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा लियोनल मेस्सीले ७ सय गोलको कोशेढुङ्गा पार गरे पनि बार्सिलोना जित निकाल्न भने असफल रह्यो ।

बराबरीको नतिजासंगै उपाधि होडमा रहेको बार्सिलानालाई गम्भिर धक्का लागेको छ । उसले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

बार्सिलोनाको ७० अंक भएको छ । शीर्ष स्थानको रियलको ७१ अंक छ । एट्लेटिको ५९ अंक सहित तेस्रो स्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको रियल मड्रिड भन्दा एक अंकले पछि परेको छ ।

डिएगो कोस्टाको आत्मघाति गोलसंगै बार्सिलोनाले १२ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । साउल निगाजले १९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा पुर्याएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?