राजविराज। सप्तरीको राजगढ गाउँपालिका–४ मा आज बिहान खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिए ।
बिहान करिव ३ बजे घरदेखि ५०० मिटर दूरीमा आफैँले स१त ५८७६ नंको ट्र्याक्टर चलाएर खेत जोत्ने क्रममा च्यापिएर उनको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।
सेभ द सप्तरीका कर्मचारीसमेत रहेका मण्डलको निधनप्रति इमान्दार कर्मचारी गुमाएको भन्दै सेभ द सप्तरीका अध्यक्ष ध्रुवप्रसाद देवले दुःख व्यक्त गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया