काठमाडौंको आकाशमा सलहको झुण्ड

काठमाडौं । मंगलबार अपरान्हपख राजधानीको आकाशमा सलह देखिएको छ । राजधानीको विभिन्न स्थनमा झुण्ड झुण्डमा रहेका सहल आकाशमा देखिएका हुन् ।

हालसम्म सलहले उपत्यकामा असर पुगेको जानकारी नआएपनि आकाशमा देखिएपछि त्रास बढेको छ । सलहले बालीनाली खाएर क्षति पुराउन सक्ने हुँदा त्रास बढेको हो ।

सलह दक्षिण दिशाबाट उत्तरतर्फ देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

शनिबार नेपाल भित्रिएको सलह विभिन्न २६ भन्दा बढी जिल्लामा देखिएको कृषि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?