कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था, कहाँ कस्तो ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ९ हजार १३९ जनाको मृत्यु भईसकेको छ भने १ करोड ४ लाख ५० हजार २०१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५७ लाख ५ हजार ६१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ६८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख २८ हजार ८४२ जनाको मृत्यु भईसकेको छ भने २६ लाख ८३ हजार ९०२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ११ लाख २२ हजार ५९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ८६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९१ जना नयाँ संक्रमित थपिएका छन् भने ५९ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १३ लाख ७० हजार ४८८ जनालाई संक्रमण भएको छ भने ५८ हजार ३८५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ७ लाख ५७ हजार ४६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ३२० जनाको मृत्यु भईसकेको छ भने ६ लाख ४७ हजार ८४९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख १२ हजार ६५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्ले २४ घण्टामा त्यहाँ १५४ जनाको मृत्यु भएको छ भने ६ हजार ६९३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३४६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९६ हजार ५० जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४३ हजार ५७५ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ११ हजार ९६५ जनालाई संक्रमण भएको छ । त्यहाँ २७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ७४४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४० हजार ४३६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८९ हजार १९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ८१३ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६४ हजार २६० जनालाई संक्रमण भएको छ । त्यहाँ ७५ हजार ६४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ४१ जनाको मृत्यु भएको छ भने १ लाख ९५ हजार ३९९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ७९ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १६ हजार ९८५ जनाको मृत्यु भईसकेको छ भने ५ लाख ७२ हजार ७२३ जनालाई संक्रमण भएको छ ।

भारतमा ३ लाख ३८ हजार ५१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८१ जनाको मृत्यु भएको छ भने ५ हजार १८७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै वर्ल्डोमिटरले जनाए अनुसार टर्कीमा कोरोना भाइरसको महामारीबाट ५ हजार ११५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ९८ हजार ६१३ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ १ लाख ७१ हजार ८०९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५०४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८२ हजार ३६५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ७१ हजार १५९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ८१७ जनाको मृत्यु भईसकेको छ भने २ लाख २७ हजार ६६२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ८८ हजार ७५८ जना स्वस्थ्योपचार पछि निको भएका छन् भने ३ हजार ४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा ८ हजार ५६६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३ हजार ९१८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६७ हजार १७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका काराण अहिलेसम्म २७ हजार १२७ जनाको मृत्यु भईसकेको छ भने २ लाख २० हजार ६५७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४७३ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ८०५ जना नयाँ संक्रमित थपिएका छन् ।

मेक्सिकोमा १ लाख ३१ हजार २६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप १९ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ भने ८३ हजार ५३१ जनालाई संक्रमण भएको छ । त्यहाँ ७८ हजार ४६९ जना स्वास्थ्योपचार पछि निको भएका छन भने ७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ३०४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९ हजार ३३७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९८ हजार ५०३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ६८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १३७ जनाको मृत्यु भएको छ भने २ हजार ८२५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै बेल्जियममा अहिलेसम्म ९ हजार ७४७ जनाको मृत्यु भईसकेको छ भने ६१ हजार ४२७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार ९८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ जनाको मृत्यु भएको छ भने ६६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ६ हजार ११३ जनाको मृत्यु भएको छ भने ५० हजार २७३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६ जनाको मृत्यु भएको छ भने ५० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्विडेनमा ५ हजार ३१० जनाको मृत्यु भईसकेको छ भने ६७ हजार ६६७ जनालाई संक्रमण भएको छ । त्यहाँ १७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा १ हजार ६११ जनाको कोरोनाको कारण ज्यान गएको छ भने ४७ हजार २९५ नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?