काठमाडौं । स्टार हस्पिटलले विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को शुरुवाती चरणबाट नै अपनाएको उच्च स्तरीय सावधानीले मुर्त रुप लिएको छ । जसको फलस्वरुप कोरोना संक्रमित युवकको अस्पतालमा उपचारका क्रममा मृत्यु भए पनि, अस्पतालको सम्पूर्ण सेवाहरु निर्वाध रुपमा संचालनमा रहेका छन् ।
अस्पतालले महामारी फैलिए देखि नै अस्पताल आउने बिरामी, बिरामीका आफन्त, चिकित्सक तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर, अस्पतालको मूल गेटमा नै फिभर क्लिनिक संचालनमा ल्याएको थियो साथै ईमर्जेन्सी तथ भर्ना हुने बिरामीहरुका लागि छुटै कोभिड वार्ड तथा आईसियुको व्यवस्था गरेको छ । अस्पतालले नेपाली बजारमा व्यक्तिगत सुरक्षा सामाग्री अभाव हँुदा समेत आफै पीपीई बनाएर अस्पतालमा खटिने कर्मचारीहरुलाई उपलब्ध गराएको थियो भने हाल विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारका पीपीई सामाग्रीका साथ अस्पतालले बिरामीलाई उपचार प्रदान गर्दै आईरहेका जनाएको छ ।
अस्पतालले भर्ना हुने तथा कोभिड संकास्पद बिरामीको लागि आइसोलेसन वार्ड तथा आईसियुको सुविधा, छुट्टै जनशक्ति परिचालन तथा संक्रमित बिरामी रहेको ठाउँहरु तथा प्रयोग भएका सामाग्रीहरु तत्कालै निर्मुलीकरण गरिएको कारण अस्पताल नियमित रुपमा संचालनमा रहेको हो । यस कार्यका लागि अस्पतालले अस्पतलको सम्पूर्ण कोभिड–१९ मेनेजमेन्ट टिमलाई धन्यवाद ज्ञापन गरेको छ ।
संक्रमितका आफन्त तथा बिरामीका सम्पर्कमा आएका चिकित्सक र कर्मचारीहरुलाई अस्पतालले छुट्टै क्वरेन्टाइनको व्यवस्था गरेको छ । देशमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा निजी स्तरको अस्पतालले कोभिड–१९ मेनेजमेन्ट टिम नै गठन गरी यस किसिमको सेवा प्रदान गर्ने कार्यलाई मुक्त कण्ठले प्रशंसा गर्नु पर्दछ साथै अन्य सरकारी तथा निजी स्तरमा संचालित स्वास्थ्य प्रदायक संस्थाहरुलाई पनि स्टार हस्पिटलले उदाहरण प्रस्तुत गरेको छ ।
साथै अस्पतालले कोरोना जाँचको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट मिति २०७७/०३/१४ गते अनुमति पाएको छ । अस्पतलमा दैनिक एक हजार नमुना परिक्षण गर्न सक्ने क्षमताको पीसीआर मेसिन तथा जनशक्ति रहेको अस्पतालले जनाएको छ । अस्पतालले नेपाल सरकारबाट संकलित नमुनाहरु परिक्षण गर्नेछ । रोटरी ईन्टरनेशनल–३२९२ संगको सहकार्यमा स्थापित केभिड ल्याब बायोेसेफ्टी लेभल २ को रहेको छ । कोभिड परिक्षण अनुमति प्राप्त गर्ने यस अस्पताल निजी क्षेत्रबाट संचालीत पहिलो अस्पताल बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया