सेल्टासँग बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा बार्सिलोना घरेलु टिम सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

सेल्टाको मैदानमा बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक एक गरे । उपाधि दाबेदार बार्सिलोनाले २० औं मिनेटमा स्वारेजको गोलबाट अग्रता बनाएको थियो । ५० औं मिनेटमा फेडोरले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

Image

खेलको ६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । खेलको ८८ औं मिनेटमा आसपसले गोल गर्दै खेल पुनस् बराबरीमा ल्याएका थिए ।

सेल्टासँग बराबरी खेल खेले पनि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोडेको छ । र, बार्सिलोना रियल मड्रिडलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

एक खेल कम खेलेको रियलको ६८ अक रहेको छ । ३४ अंक जोडेको सेल्टा १६ औं स्थानमा रहेको छ ।

Image

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?