काठमाडौं । नेपालमा थप ४ सय ३४ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमण पुष्टि भएको छ । ४८ जना महिला र ३ सय ८६ जना संक्रमित बितेको २४ घण्टामा थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १६२ पुगेको छ । जसमध्ये पुरुष १० हजार २० जना र महिला १ हजार १ सय ४२ जना छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थपिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेको जानकारी दिए । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २६ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म २ हजार ६५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । जसमध्ये २१६ जना महिला छन् भने २४३४ जना पुरुष छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणमुक्त हुनहरुको संख्या ३१२ रहेको छ । डिस्चार्ज हुनेहरुमध्ये १९ जना महिला र २९३ जना पुरुष छन्।
नेपालमा हिजो बुधवार एकैपटक ६ सय २९ जना नयाँ संक्रमित पुष्टि भएका थिए ।
आज थपिएका संक्रमितको यस्तो छ विवरण :
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परिक्षणमा : झापाका १ जना पुरुष,सुनसरीका १ जना पुरुष
कोशी अस्पताल विराटनगर प्रयोशालामा गरिएको परिक्षणमा : सप्तरीका ८ जना पुरुष, सुनसरीका २ जना महिला २ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा : मोरङका १ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका गरिएको परिक्षणमा : धनुषाका ९ जना पुरुष, महोत्तरीका ५ जना पुरुष, सिराहाका १ जना महिला र १ जना पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा : अछामका ४ जना महिला र ९ जना पुरुष, बैतडीका १ जना पुरुष, बझाङका ३ जना महिला, १३ जना पुरुष, बाजुराका २ जना महिला, २ जना पुरुष, डडेल्धुराका १ जना महिला, ११ जना पुरुष, कैलालीका २ जना पुरुष, कञ्चनपुरका ११ जना महिला , ४८ जना पुरुष, रौतहटका ३८ जना पुरुष र सर्लाहीका ५ जना
भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : पाल्पाका ७ जना महिला र ८६ (छयासी) जना पुरुष
किटजन्य अनुसन्धान तालिम केन्द्र हेटौडामा गरिएको परिक्षणमा : बाराका १ जना पुरुष
पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परिक्षणमा : डोल्पा १ जना पुरुष,काठमाडौंका २ जना महिला र २ जना पुरुष, ललितपुरका १ जना पुरुष र सुनसरीका १ जना पुरुष
त्रिवि विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : भक्तपुरका १ जना महिला र ३ जना पुरुष
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा : नवपरासीका १ जना महिला र ४ जना पुरुष, तनँहुका २ जना महिला र ७ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका २ जना पुरुष,म्याग्दीका १ जना महिला र ५ जना पुरुष र स्याङजाका १ जना पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : नवलपरासीका ३ जना पुरुष,प्यूठानका २ जना महिला र ५ जना पुरुष,पाल्पाका २८ जना पुरुष र रुपन्देहीमा ४ जना महिला र ३ जना पुरुष
भेरी अस्पताल प्रयोगशालमा गरिएको परिक्षणमा : रुकुम पूर्वका १ जना पुरुष, बर्दियाका १ जना महिला र ५ जना पुरुष
सुर्खेत प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा : बैतडीका १ जना पुरुष,बझाङका २ जना पुरुष,बाँके १ जना पुरुष, दैलेखका १ जना महिला र १७ जना पुरुष, दार्चुलाका १ जना पुरुष, धादिङका १ जना पुरुष, इलामका १ जना पुरुष, जुम्लाका १ जना पुरुष, कैलालीका १ जना पुरुष, कालिकोटको १ जना महिला र २ जना पुरुष, कास्कीका १ जना पुरुष, लमजुङका १ जना पुरुष र सल्यानका १ जना पुरुष, सुर्खेतका १३ जना पुरुष
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परिक्षणमा : बैतडीका १ जना पुरुष,बाजुराका ४ जना पुरुष,बाँकेका ३ जना पुरुष,दैलेखका १ जना महिला,दाङका १ जना पुरुष, धादिङका १ जना पुरुष, गोरखाका २ जना पुरुष, गुल्मीका १ जना पुरुष, इलामका १ जना पुरुष, जुम्लाका १ जना पुरुष , कञ्चनपुरका १ जना पुरुष, खोटाङका १ जना पुरुष, लमजुङका १ जना पुरुष, ओखलढुङ्गाका २ जना पुरुष, पाल्पाका १ जना पुरुष, रामेछापका २ जना पुरुष र ताप्लेजुङका ३ जना पुरुष
२४ घण्टामा थपिए २ जना मृतक कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष र ललितपुरका अर्का एक पुरुष रहेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको हो ।
गए राति ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी गत असार ८ गते आइसियूमा भर्ना भएका थिए।
बुधबार राति निधन भएका उनको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेर झडप समेत भएको थियो ।
त्यस्तै कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत महालक्ष्मी ५ ललितपुर ठेगाना भएका अर्का एकजना पुरुषको मृत्यु भएको छ ।
उनको ५ महिना अघि मानव प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण भएको थियो । कोखो दुखेका कारण उपचारका लागि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोना संक्रमण भएपछि पाटन अस्पताल भर्ना भएका थिए । आज बिहीवार बिहान ५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको मनत्रालयले पुष्टि गरेको छ । उनको अस्पतालको भ्यान्टिलेटरमा उपचार हुँदा हुँदै मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ ।
काठमाडौंका ४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । आज काठमाडौंमा भेटिएका कोरोना संक्रमितहरु दुई महिला र दुई पुरुष रहेका छन् ।
भक्तपुरका चार जनामा संक्रमण देखियो
भक्तपुरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेमा एक महिला र तीन पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ललितपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि
ललितपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ललितपुरमा आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा थप ३१२ जनाले जित कोरोना
बितेको २४ घण्टामा जलेश्वर अस्पताल महोत्तरीबाट २१ जना पुरुष, दुल्लु अस्पतालबाट २ महिला र ५ जना पुरुष, गौरीशंकर मेडिकल कलेज रौतहटबाट ३ जना महिला र ७७ जना पुरुष, सर्लाहीबाट ६९ जना पुरुष, बलम्बुबाट १ जना पुरुष त्रि वि शिक्षण अस्पताल काठमाडौंबाट २ जना पुरुष, आइसोलेसन सेन्टर बाँकेबाट २ जना महिला र ४ पुरुष, बर्दियाबाट २ जना महिला, बाँकेबाट ३ जना पुरुष, आइसोलेशन राप्ती शोनारी बाँकेबाट १ जना महिला र १० जना पुरुष, लायन्स डेन्टल आइसोलेसन बाँकेबाट ६ पुरुष कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रादेशीक अस्पताल सुर्खेतबाट ३ महिला र २९ जना पुरुष, दैलेखबाट १ जना पुरुष, प्रादेशीक अस्पताल धनुषाबाट ४ पुरुष, सप्तरीबाट ३ महिला र १२ पुरुष, धनुषबाट ३ महिला र ४२ पुरुष र सिराहबाट १ जना पुरुष संक्रमणमुक्त भएर घर फर्केका छन् ।
संक्रमणमुक्त भएका ३ सय १२ जनामध्ये १९ जना महिला र २९३ जना पुरुष रहेका छन् भने संक्रमणमुक्त हुने कुल २ हजार ६ सय ५० जनामध्ये २ सय १६ जना महिला र २ हजार ४ सय ३२ जना पुरुष रहेका छन् ।
बैतडीमा कोरोना संक्रमितको संख्या १७८ पुग्यो
बिहीबार बैतडीका थप तीनजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिका वडा नम्वर ९ का २६ वर्षीय पुरुष जो भारतबाट फर्किएका थिए र उनको आरडिटी पोजेटिभ भएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा बैतडीका ३१ बर्षीय पुरुष, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सिगास गाउँपालिका वडा नम्वर १ का २३ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय थपिएका संक्रमितसँगै बैतडीका संक्रमितको संख्या १७८ पुगेको हो ।
यो पनि
अनुसन्धान भन्छ – ‘कोरोना भाइरस ठीक भएपनि जीवनभर रहन्छ यस्ता समस्या’
भ्याक्सिनको नाममा होडबाजी, निम्तन सक्छ अनेक जोखिम
कोरोना उपचारमा खटिएका डाक्टरको हात यस्तो भयो, भावुक बने मानिस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया