काठमाडौं । कोरोना भाइरसको खतराले सबै हैरान भएका छन् । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ । यस्तो अवस्थामा विश्वका डाक्टर तथा वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् ।
नेपालमा पनि तिव्र रुपमा यो संक्रमण फैलिरहेको छ । दिनप्रतिदिन ५०० हाराहारीमा संक्रमित थपिईरहेका छन् भने मृतकको संख्या पनि बढीरहेको छ ।
वैज्ञानिकहरु कोरोना भाइरसबाट बच्नु छ भने हामीले फोक्सो सफा राख्न सुझाव दिँदै आएका छन् । डाक्टरले पनि मान्ने गरेका छन् कि, हामीले आफ्नो फोक्सोलाई ठीक राख्दा आफ्नो इम्युनिटी पावरलाई बढाउनको लागि कोरोना भाइरससँग लड्न सक्षम हुन्छौँ ।
कोरोना भाइरस शरीरमा प्रवेश गरेर फोक्सो र किड्नीमा प्रभाव गर्दछ । साथै विशेषगरेर फोक्सोमा यसको प्रभाव अत्याधिक पर्ने गर्दछ । यसैबीच एक नयाँ स्टडीमा कोरोना भाइरसबाट रिकभर भईसकेको तीन महिनामा एक बिरामीमा आजीवन स्वास्थ्यमा समस्या आउने गरेर गम्भीर रोग लागेको छ ।
यो स्टडीमा कोरोना भाइरसबाट संक्रमितमा लामो समयका लागि फोक्सोमा समस्या हुन सक्ने कुरा पत्ता लागेको छ ।
३० प्रतिशतमा हुन्छ यस्तो खतरा
यो शोध बेलायतको एक अंग्रेजी पत्रिका टेलिग्राफले इंग्ल्याण्डको प्रमुख हेल्थ एजेन्सी नेशनल हेल्थ सर्भिसको मद्दतमा प्रकाशित गरेको छ ।
स्टडीमा कोरोनाबाट एक पटक ठीक भईसकेका ३० प्रतिशत मानिसमा जीवनभर फोक्सोको रोगले सताउने समस्या झेल्नु पर्ने हुन स्क्नेछ । उनीहरुलाई विहान काम गर्दा थकाईको महशुस हुने र अन्य विभिन्न समस्या हुन सक्नेछन् ।
साथै आईसीयूमा गएर ठीक भएका बिरामीहरुले झनै धेरै समस्या सहनुपर्ने शोधमा उल्लेख छ ।
बढ्न सक्छ अल्जाइमरको खतरा
कोरोना असरले त्यो बेला देख्न सकिन्छ जुन बेला कोरोनाले किड्नी र फोक्सोमा आक्रमण गर्दछ । तर धेरैजसो मानिसमा कोरोनाले फोक्सोलाई असर गरेको पाइएको छ ।
स्टडीका अनुसार जुन बिरामीमा कोरोनाको गम्भीर लक्षण पाइएका थिए, उनीहरु ठीक भएपछि उनीहरुको शरीरमा शारीरिक समस्याका साथै दिमागमा पनि समस्या भएको पाइएको छ । यस्ता बिरामीलाई भविष्यमा अल्जाइमरको खतरा हुन सक्ने अध्ययनबाट पत्ता लागेको छ ।
रिपोर्ट नेगेटिभ भए पनि रहिराख्छ भाइरसको असर
यो स्टडीलाई लिएर नेशनल हेल्थ सर्भिसका चीफ हिलेरी फ्लोयड भन्छन्, कोरोनाबाट रिकभर भईसकेका मानिसहरुमा पछि गएर शारीरिक समस्या हुने विषयमा थोरै मात्र जानकारी पाइएको छ, तर रिपोर्ट नेगेटिभ आएपनि भाइरसको असर रहिराख्छ ।
लोकपथले चिकित्सकसँग यस विषयमा प्रश्न राख्दा ‘वैज्ञानिकहरुले निरन्तर अनुसन्धान गरिरहेको, शोधहरु तयार पारिरहेको हुनाले विभिन्न नयाँ कुरा आउन सक्ने तर यस महामारी विरुद्धको भ्याक्सिन तयार भएर नआईकन र लामो समय अनुसन्धान नगरिकन कुनै पनि कुरा विश्वास नगरी अझ बढी साबधानी र होसीयार अपनाउन सुझाव दिएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया