काठमाडौं । बितेको २४ घण्टामा नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुष र ललितपुरका अर्का एक पुरुष रहेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राती मृत्यु भएको हो ।
गए राति ११ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
उनी गत असार ८ गते आइसियूमा भर्ना भएका थिए।
बुधबार राति निधन भएका उनको शव व्यवस्थापनका लागि पोखरा ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेर झडप समेत भएको थियो ।
त्यस्तै बितेको २४ घण्टामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत महालक्ष्मी ५ ललितपुर ठेगाना भएका अर्का एकजना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले नियमित मिडियाब्रिफिङ मार्फत जानकारी दिए ।
उनको ५ महिना अघि मानव प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण भएको थियो । कोखो दुखेका कारण उपचारका लागि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोना संक्रमण भएपछि पाटन अस्पताल भर्ना भएका थिए । आज बिहीवार बिहान ५ बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा मृत्यु भएको मन्त्रायका प्रवक्ता गौतमले बताए । उनको अस्पतालको भ्यान्टिलेटरमा उपचार हुँदा हुँदै मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । बितेको २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । ती मध्ये १ हजार १ सय ४२ जना महिला र १० हजार ३० जना पुरुष रहेका छन् । भने हालसम्म २ हजार ६ सय ५० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
यो पनि
अनुसन्धान भन्छ – ‘कोरोना भाइरस ठीक भएपनि जीवनभर रहन्छ यस्ता समस्या’
भ्याक्सिनको नाममा होडबाजी, निम्तन सक्छ अनेक जोखिम
कोरोना उपचारमा खटिएका डाक्टरको हात यस्तो भयो, भावुक बने मानिस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया