काठमाडौं । नेपालमा आज (बिहीवार) एकैपटक ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १६२ पुगेको छ । जसमध्ये पुरुष १० हजार २० जना र महिला १ हजार १ सय ४२ जना छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । थपिएकामध्ये ४८ जना महिला छन् भने ३८६ जना पुरुष संक्रमित छन् ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २६ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म २ हजार ६५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । जसमध्ये २१६ जना महिला छन् भने २४३४ जना पुरुष छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ३१२ रहेको छ । डिस्चार्ज हुनेहरुमध्ये १९ जना महिला र २९३ जना पुरुष छन्।
नेपालमा हिजो (बुधवार) एकैपटक ६२९ जना नयाँ संक्रमित पुष्टि भएका थिए ।
यसअघि प्रकाशित यो समाचार पनि पढ्नुहोस् :
कोरोना उपचारमा खटिएका डाक्टरको हात यस्तो भयो, भावुक बने मानिस
अनुसन्धान भन्छ – ‘कोरोना भाइरस ठीक भएपनि जीवनभर रहन्छ यस्ता समस्या’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया