रोनाल्डोको गोलमा युभेन्ट्सको सहज जित

काठमाडौं । सिरि ए फुटबलमा युभेन्ट्सले सहज जित हात पारेको छ । क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित हात पारेको हो ।

कोरोना महामारीपछि सिरि एमा युभेन्ट्सले आफ्नो पहिलो खेलमा तालिकाको बीचमा रहेको बेलोग्नालाई २–० गोल अन्तरले पराजित गरेको हो । पछिल्लो ८ सिजनको लिग च्याम्पियन युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ४ अंकको अग्रता समेत लिएको छ ।

Paulo Dybala doubled the visitors' lead eight minutes later with a stunning long-range effort

रोनाल्डोले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । म्याथिज डी लिटलाई स्टेफानो डेन्सविलले फल गरेपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो । पाउलो ड्याबालाले ३६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए ।

दोस्रो हाफको ईन्जुरी समयमा ड्यानिलोले रातो कार्ड खादै मैदान छाडेपछि युभेन्ट्सले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

ईटालीको फुटबल सुरु भएपछि युभेन्ट्सले दुई खेलमा गोल गर्न सकेको थिएन । कोपा ईटालियामा युभेन्ट्सले एसी मिलानसंग सेमिफाईनलको दोस्रो लेगमा गोल रहित बराबरी खेलेको थियो ।

Cristiano Ronaldo cooly converted a penalty to give Juventus the lead in the 23rd minute

फाईनल खेलमा समेत नापोलीसंग निर्धारित समयमा कुनै गोल गर्न सकेन । पेनाल्टी सुटआउटमा पराजित भएपछि उसले कोपा ईटालियाको उपाधि समेत गुमाएको थियो ।

युभेन्ट्स ६६ अंक सहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लाजियोको ६२ अंक छ । बेलोग्ना ३४ अंक सहित १० औं स्थानमा यथावत छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?