काठमाडौं, ८ फागुन । नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि सरकारले गरेको सिफारिस असंवैधानिक भएको भन्दै विरोध जनाएको छ मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभा सदस्यका लागि युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको नाम सिफारिस गरेको छ शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्द गर्दै ओली सरकारले नयाँ नाम सिफारिस गरेपछि काँग्रेसले यसलाई संविधान र राष्ट्रिय सहमतिको भावना विपरित भएको बताएको छ देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया